काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
सरकारलाई समर्थन गर्ने दलहरुको अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले बैठक बोलाएको दाबी गरिएको छ ।
संसद बैठक आगामी माघ १८ गते दिउँसो १ बजे बोलाइएको छ । प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।