Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रास्वपा सचिवालय बैठक बस्दै, यस्त छन् एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्त छन् एजेन्डा

सोमवार , माघ १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ ।

विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) माथि छलफल हुने बताइएको छ ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेन्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077