Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक आज पनि, सांसदका प्रश्नको जवाफ दिँदै नेता र मन्त्री

कांग्रेस संसदीय दलको बैठक आज पनि, सांसदका प्रश्नको जवाफ दिँदै नेता र मन्त्री

सोमवार , माघ १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार दिउँसोबाट सुरु भएको बैठक आज पनि संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि छलफल हुने छ।

यसअघि केपी ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने निर्णय गरेको कांग्रेसले संसदमा पेस भएका विधेयक तीव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल गरिरहेको छ ।

बैठकमा सांसदहरूले बोल्ने क्रम शुरु हुनेछ । सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्री र नेताहरूले जवाफ दिनेछन् ।

आगामी माघ १८ गतेदेखि संघीय संसद्को अधिवेशन सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077