Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१० अंकले नेप्से घट्दा ८ अर्ब ९२ करोडको सेयर कारोबार

१० अंकले नेप्से घट्दा ८ अर्ब ९२ करोडको सेयर कारोबार

सोमवार , माघ १४, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन आइतबार १०.४१ अंकले घटेर बन्द भएको नेप्से आज १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा अडिएको हो।

नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। आइतबार ९ अर्ब १२ करोड बराबरको सेयर कारोबार भएको थियो।

आज ३१२ स्क्रिप्सको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ८.४६ प्रतिशतले घट्यो।

कारोबार रमका आधारमा सिन्धु विकास बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको २९ करोड ८३ लाख ७९ हजार ८१३ रुपैयाँको सेयर कारोबार भयो।

कारोबारमा आएका १०५ स्टक्सको मूल्य बढ्दा १२९ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहको उपसूचक सकारात्मक देखिदा ८ वटाको उपसूचक नकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077