Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन नसकिने कांग्रेसको निष्कर्ष

सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन नसकिने कांग्रेसको निष्कर्ष

सोमवार , माघ १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन नसकिने निष्कर्ष निकालेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सहकारी पीडितहरुको पैसा राज्यले परिपूरण गर्न नसक्ने बताए।

प्रमुख सचेतक घिमिरेले भने, ‘सरकारसँग त्यति सम्पत्ति पनि छैन । अहिले राज्य सक्षम छैन । जसले अपचलन गरेको छ, त्यसैबाट भराएर फिर्ता गराउनुपर्छ । त्यहीअनुसार अध्यादेश आएको छ । अध्यादेशले सहकारीमा फसेका पैसा फिर्ता ल्याउने मार्ग दिन्छ ।’

त्यस्तै, उनले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको बताए । प्रमुख सचेतक घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077