Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एउटै आवाज उठाउने सत्तारूढ दलको निर्णय

हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एउटै आवाज उठाउने सत्तारूढ दलको निर्णय

सोमवार , माघ १४, २०८१

काठमाडौं । सत्तारूढ दलहरूको बैठकले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरूपमा एउटै आवाज उठाउने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले यस्तो निर्णय गरेको हो । हिउँदे अधिवेशन माघ १८ गतेबाट सञ्चालन हुनेछ ।

संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रूपमा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077