काठमाडौं । आज कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै छ ।
संघीय संसद् प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।
प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ ।
विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।