Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

बिहिवार , माघ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

भोलिदेखि शुरू हुने संसद्‌को हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

उनले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे १ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ । नेकपा माओवादी लगायतका विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077