Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरू हुँदै छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।

दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ ।

प्रतिनिधिसभाको आजको बैठकका लागि प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिले कार्यसूची निर्धारण गरिसकेको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको थियो ।

जसअनुसार पहिलो दिन नै सरकारले हालै ल्याएका अध्यादेशहरू पेश हुनेछन् । यस्तै बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077