Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सांसदलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न कांग्रेसको बैठक बस्दै

सांसदलाई अध्यादेशको विपक्षमा नबोल्न आग्रह गर्न कांग्रेसको बैठक बस्दै

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल गर्न बिहान ९ बजे बैठक बस्न लागेको हो ।

तीनजना बाहेक कांग्रेसका सबै सांसद सरकारले ल्याएको अध्यादेशको विपक्षमा रहेपछि उनीहरूलाई विरोधमा नबोल्न आग्रह गर्न संसदीय दलको बैठक बोलाइएको छ ।

प्रतीमा गौतम, कुशुम थापा र वीरबहादुर बलायरबाहेकका कांग्रेस सांसद् अध्यादेशको विपक्षमा छन् ।

सत्तारुढ दलकै सांसद अध्यादेशको विपक्षमा रहेपछि शीर्ष नेतृत्व उनीहरूलाई मौन रहन आग्रह गर्दै आएको छ ।

संसद् बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077