Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सिंहदरबार पुगेर सभामुख घिमिरेलाई भेट्दै रवि लामिछाने

सिंहदरबार पुगेर सभामुख घिमिरेलाई भेट्दै रवि लामिछाने

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुखलाई भेट्ने तयारी थालेका छन्।

संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट्ने तयारी गरेका हुन् ।

लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय पुगेर सांसदहरूलाई भेट्न लागेका छन्।

संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।

लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077