Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

निलम्बन फुकुवा गरिदिन रविले दिए सभामुखलाई निवेदन

निलम्बन फुकुवा गरिदिन रविले दिए सभामुखलाई निवेदन

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।

सिंहदरबार पुगेर लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन्। भेटमा आफ्नो सांसद पद निलम्बनबारे लामिछानेले सभामुखको ध्यानाकर्षण गराएका थिए।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो।

लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077