Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा पुनः थापालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

चौरपाटी गाउँपालिकामा पुनः थापालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

शुक्रवार , माघ १८, २०८१

अछाम । चौरपाटी गाउँपालिकामा धन बहादुर थापालाई पुनः आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार वरिष्ठ कर्मचारी (अधिकृत सातौं) थापालाई प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिइएको हो ।

एक हप्ता अगाडी मात्रै मन्त्रालयले उनलाई निमित्तबाट हटाएर आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको थियो । तर फेरि गाउँपालिकाले थापालाई नै जिम्मेवारी दिन माघ १५ गते मन्त्रालयमा पत्र पठाएको थियो ।

सोही पत्रका आधारमा मन्त्रालयले पुनः थापालाई बिहीबारको निर्णय अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिएको पत्रमा उल्लेख छ । यस निर्णयसँगै, थापाले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यको नेतृत्व गर्नेछन् ।

यसअघि मन्त्रालयले उनलाई स्वास्थ्यतर्फका छैठौं कर्मचारी भनेको थियो । तर बिहीबार जिम्मेवारी दिइएको पत्रमा उनलाई सातौं तहका अधिकृत भनेर सच्याइएको छ ।

उनलाई मन्त्रालयले जिम्मेवारीबाट हटाएपछि जनतामा खुुसियाली छाएको थियो । तर फेरि उनलाई नै आर्थिक र प्रशासनिक जिम्मेवारी दिइएपछि स्थानीय जनता रुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077