Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे

जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे

शनिवार , माघ १९, २०८१

एजेन्सी।  भारतको गोरखपुरमा एउटा अनौठो घटना भएको छ।

रक्सी धोकेर घरमा भाँडभैलो मच्चाउने आफ्ना जँड्याहा लोग्नेहरुबाट आजित भएका दुई महिलाहरुले घरबाट भागेर एक आपसमा बिहे गरेका छन्।

इन्स्टाग्रामबाट चिनाजानी भएका कविता र गुन्जाले सोसल मिडियामै कुराकानी हुँदा एक अर्काको कहानी समान भएको पाए।

उनीहरु दुवैजना आफ्नो लोग्नेको रक्सीको कुलतका कारण निकै समस्यामा थिए। एक अर्काबीच आ-आफ्ना कथा व्यथा शेयर गर्दागर्दै उनीहरु नजिकिए।

त्यसपछि उनीहरु जँड्याहा लोग्नेहरुलाई छाडेर घरबाट निस्किने र एक आपसमा बिहे गरेर घरजम गर्ने निधोमा पुगे। कविता र गुन्जा उर्फ बब्लुको देओरियास्थित छोटी काशी मन्दिरमा बिहे भयो।

त्यसक्रममा गुन्जा बेहुलो बनिन् । दुवैले एक अर्कालाई माला लगाइदिए र ५ पटक मन्दिरको परिक्रमा गरी जिवनभर सँगै जिउने कसम खाए।

मन्दिरका पुजारी उमा शंकर पाण्डेका अुनसार ती दुई महिलाले फूलमाला तथा सिन्दुर किने, विवाहको विधि पूरा गरे र त्यहाँबाट बाहिरिए। उनीहरुले अब गोरखपुरमा गएर कोठा भाडामा लिएर बस्ने र दाम्पत्य जिवन सँगै बिताउने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077