Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतले नेपालका लागि छुट्यायो ७ अर्ब भारु आर्थिक सहायता

भारतले नेपालका लागि छुट्यायो ७ अर्ब भारु आर्थिक सहायता

शनिवार , माघ १९, २०८१

काठमाडौं । भारतले नेपाललाई यस वर्ष पनि ७ अर्ब अनुदान दिने भएको छ ।

वित्तमन्त्री निर्मला सीतारमणले छिमेकी देशहरुलाई दिने आर्थिक सहयोगलाई युनियन बजेटमा निरन्तरता दिएकी हुन् ।

यस बजेटमा विदेशी सहायतास्वरुप ५४ अर्ब ८३ करोड छुट्याइएको छ। जुन अघिल्लो वर्षको ४८ अर्ब ८३ करोडको तुलनामा केही बढी हो ।

सार्वजनिक बजेट अनुसार भारतले नेपाललाई ७ अर्ब भारतीय रुपैयाँ वित्तीय सहायता प्रदान गर्ने भएको छ । जुन ११ अर्ब २० करोड नेपाली रुपैयाँ हुन आउँछ ।

अघिल्लो बजेटमा पनि भारत सरकारले समान ७ अर्ब भारतीय रुपैयाँ नै नेपाललाई वित्तीय सहायता गरेको थियो । भुटानले सबैभन्दा बढी २१ अर्ब ५० करोड पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077