Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रास्वपा लक्षित शर्माको टिप्पणी - महामन्त्रीलाई चार पाटा मात्रै मोडिएन, चार भन्ज्याङ कटाइयो

रास्वपा लक्षित शर्माको टिप्पणी - महामन्त्रीलाई चार पाटा मात्रै मोडिएन, चार भन्ज्याङ कटाइयो

शनिवार , माघ १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपा लक्षित टिप्पणी गरेका छन् ।

शनिवार चितवनमा आयोजित १०० दिने अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसभित्र विवाद हुने र भइरहने बताउँदै रास्वपा लक्षित पनि टिप्पणी गरेका हुन् ।

उनले रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाललाई चार पाटा मोडेर चार भन्ज्याङ कटाइएको बताए ।

‘यही कुरा नयाँ दलमा खोजे पाइन्न। नयाँ अर्को पार्टी खुलेको छ, उसले लोकतान्त्रिक प्रवृत्ति हामीभन्दा राम्रो देखाओस्,’ उनले भने,‘होइन, एक जना महामन्त्रीजीले गम्भीरतापूर्वक भर्खर खुलेको पार्टी रूपान्तरण गर्नुपर्छ भनेको चार पाटा मात्रै मोडिएन, चार भन्ज्याङ कटाइयो ।’

तर त्यो अवस्था कांग्रेसभित्र नरहेको महामन्त्री शर्माले दाबी गरे । जीवन्त पार्टीभित्र विवाद र छलफलका विषय सामान्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077