कैलाली । नेकपा एमालेबाट निष्कासनमा परेका पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावल गृहजिल्ला अछामबाट धनगढी फर्किएका छन् ।
यही माघ ५ गते मातृभूमि जागरण अभियान, नेपाल लिएर अछाम पुगेका उनी १५ दिनपछि धनगढी फर्किएका हुन् । उनी सो अवधिमा गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
माघ ५ गते अछाम पुगेका रावललाई चौखुट्टे र साँफे बगरमा भव्य स्वागत गरिएको थियो । त्यसपछि उनी साँफे बगरमा आयोजना भएको भलिबल प्रतियोगितामा सहभागी भए ।
साथै सोही दिन उनले अछामको पञ्चदेवल विनायक नगरपालिकामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगित उद्घाटन गरेका थिए । त्यसपछि उनी अछामका विभिन्न गाउँपालिकामा पुगेर छलफल तथा भेला गरेका थिए ।
उनी डोटी र डडेल्धुरामा भेटघाट गरेर आइतबार साँझ मात्रै धनगढी पुगेका हुन् । उनले धनगढीमा पनि विभिन्न व्यक्तिसँग भेटघाट गर्ने बताइएको छ ।