Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

पार्टी एकढिक्का भए सहजै बहुमत ल्याउन सकिन्छ : देउवा

पार्टी एकढिक्का भए सहजै बहुमत ल्याउन सकिन्छ : देउवा

सोमवार , माघ २१, २०८१

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीएकढिक्का भए बहुमत ल्याउन सकिने बताएका छन् ।

पोखरामा आयोजित कांग्रेसको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताए। त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने सभापति देउवाको भनाइ छ ।

संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् ।

तर, पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले सहज नभए पनि असम्भव नभएको बताए ।

सभापति देउवाले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने दोहोर्‍याए ।

बिपी कोइराला, गणेशमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077