Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामान्य अंकले नेप्से बढ्दा ११ अर्ब ८७ करोडको कारोबार

सामान्य अंकले नेप्से बढ्दा ११ अर्ब ८७ करोडको कारोबार

सोमवार , माघ २१, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से २.४१ अंकले बढेको छ ।

दिउँसो १२ बजे २७६३ अंकसम्म पुगेको बजारमा वृद्धि टिक्न नसकेपछि २७३० मा कायम भएको हो ।

बजार सामान्य अंकमा बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८७ करोडको भयो ।

९७ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो । सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ ।

बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढे ।

अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटे ।

सोमबार पहिलो एक घण्टा लगानीकर्ताको आकर्षणमा बैंकिङ सेक्टर परेको थियो ।

एक घण्टामै सो सेक्टर २.११ प्रतिशत बढेको थियो । आज उपकार लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

सप्तकोशी विकास बैंकको ८.७४, सामुदायिक लघुवित्तको ७.८४, सामलिङ पावरको ६.८ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077