Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ पुगे?

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ पुगे?

सोमवार , माघ २१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । सोमबार बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।

माओवादीले प्रदेश स्तरीय इन्चार्जको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए।

कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य र गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएको पार्टी प्रवक्ता सापकोटाले बताए ।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।

महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077