Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान १२ फागुनदेखि

माओवादीको हुलाकी राजमार्ग केन्द्रित अभियान १२ फागुनदेखि

सोमवार , माघ २१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।

माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले बताए।

यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ । २१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077