काठमाडौं । मधेशकेन्द्रित आठ राजनीतिक दलहरुले आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको बताएका छन् ।
आज बसेको आठ दलीय कार्यदलको बैठकपछि बोल्दै नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले सो कुरा बताएका हुन्।
समान मुद्दा भएका दलहरूले संसद् र सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको उनले बताए ।
समान मुद्दा भएका राजनीतिक दलहरूको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको उनको भनाई छ ।
साथै, बैठकले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, अध्यादेशबारे धारण बनाउने लगायतका विषयमा छलफल भएको उनले बताएका छन् ।