काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विपक्षमा रहेको ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ ।
अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरेको हो ।
सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनकारीका तर्फबाट पनि समिति गठन गरिएको छ ।
‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट वार्ता समिति गठन गरेको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ। पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद जारी छ।
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेपछि त्यसको विरोधमा उत्रिएको ‘नो केबलकार’ समूह र प्रहरीबीच अघिल्लो शनिबार भएको झडपमा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए।