Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रहरी विद्यालय सामाखुसीको २६ औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी विद्यालय सामाखुसीको २६ औं वार्षिकोत्सव सम्पन्न

सोमवार , माघ २१, २०८१

काठमाडौं । नेपाल प्रहरी विद्यालय सामाखुसीको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह २०८१ सोमबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा विद्यालय सामाखुसीको २६ औं वार्षिकोत्सव, समारोह सम्पन्न भएको हो।

कार्यक्रममा संघकी अध्यक्ष कुँवरले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, प्रहरी कर्मचारीहरू, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडी, उत्कृष्ट विद्यार्थी र पूर्व विद्यार्थीहरूलाई प्रशंसापत्र तथा पुरस्कार सहित सम्मान गरिन् ।

साथै उनले विद्यालयका पूर्व प्राचार्यहरू, पूर्व समादेशकहरू र सहयोगी महानुभावहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077