Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता हुन सरकारको अनुरोध

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता हुन सरकारको अनुरोध

सोमवार , माघ २१, २०८१

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुनका लागि आग्रह गरेको छ ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुन दोस्रोपटक आग्रह गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ।

यसअघि पनि सरकारले फेसबूक, एक्स, टिकटक, लिंक्डइनलगायतका सामाजिक सञ्जाललाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानहरूअनुरुप सूचीकृत हुन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077