काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गरेका छन् ।
सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आईराजदूत श्मुलिकले शिष्टाचार भेट गरेका हुन्।
भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको थियो ।
यस्तै लर्न एण्ड अर्न कार्यक्रममा इजरायल पुगेका नेपाली विद्यार्थीहरुमाथि गत वर्ष भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न आग्रह गरे ।
राजदूत श्मुलिकले गत वर्ष अर्न एण्ड लर्न कार्यक्रममा इजरायल पुगेका विद्यार्थीहरुमाथि भएको घटना निकै दुखद भएको बताए ।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीलाई छुटाउन आफूहरुले निरन्तर पहल गरिरहेको भन्दै राजदूत श्मुलिकलेआज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यहरुलाई भेटेको बताए।