काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीहरूलाई अधिकार क्षेत्र बाहिर गएर शाखा खोलेमा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै अनुमति लिएको स्थानभन्दा बाहिर पनि शाखा खोलेको पाइएपछि कन्सल्टेन्सीहरूलाई मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
मन्त्रालयले भनेको छ, ‘मन्त्रालयवाट सञ्चालन अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको हुँदा अनुमति पाएको विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका(२०७३ को दफा १४ बमोजिम निर्देशित गरिएको छ ।’