Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पाथीभरामा केबुलकार निर्माण विवाद : सोमबारको वार्ता निष्कर्षविहीन, आज पुनः वार्ता हुँदै

पाथीभरामा केबुलकार निर्माण विवाद : सोमबारको वार्ता निष्कर्षविहीन, आज पुनः वार्ता हुँदै

मंगलवार , माघ २२, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि आज पनि वार्ता हुने भएको छ ।

सोमबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दुवै पक्षबीच वार्ता हुने भएको हो । सोमबारको वार्ता सकारात्मक रूपमा टुंगिएको दुवै पक्षले जनाएको छ ।

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको थिए ।

आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको थियो । मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ ।

अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077