Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

गृहमन्त्री लेखकले गरे कांग्रेस जिल्ला सभापतिहरूसँग छलफल

गृहमन्त्री लेखकले गरे कांग्रेस जिल्ला सभापतिहरूसँग छलफल

मंगलवार , माघ २२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।

कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन्।

पाथीभरा केबलकार निर्माणबारे उत्पन्न विषयमा गृहमन्त्री लेखकले कांग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका थिए।

यसअघि गत माघ १५ गते गृहमन्त्री लेखकले ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदसँग छलफल गरेका थिए।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे उनले सांसदहरूसँग छलफल गरेका थिए।

पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077