Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल आइपुगे बेलायतका राजकुमार एडवार्ड

नेपाल आइपुगे बेलायतका राजकुमार एडवार्ड

मंगलवार , माघ २२, २०८१

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्।

एडवार्ड केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौं आइपुगेका हुन्।

उनी आइतबार भारतको मुम्बई ओर्लिएका थिए । एडिनबर्गका ड्युकसमेत रहेका उनी बेलायती राजा चार्ल्स तृतीयका भाइ हुन्।

दुई दिने भारत भ्रमण सकेपछि उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतकुमार राईलगायतले स्वागत गरेका थिए ।

आजै उनकी पत्नी एडिनबर्गकी डचेस सोफी लन्डनबाटै सिधै काठमाडौं आइपुगेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार एडवार्ड दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077