Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधवार , माघ २३, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो ।

युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ ।

यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।

यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्यांक दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

सिंगापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९६ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा रहेको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा कायम गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १२ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २४ पैसा र बिक्री दर १९ रूपैयाँ ३२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ०४ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ९८ पैसा तोकेको छ ।

बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७० रूपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ०९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ६५ पैसा निर्धारण भएको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077