एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।
अमेरिका भ्रमणमा रहेका नेतान्याहू र ट्रम्पबीच ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता भएको हो । योसँगै नेतान्याहू नै डोनाल्ड ट्रम्पको दोस्रो कार्याकालमा पहिलो अमेरिका भ्रमण गर्ने विदेशी नेता बनेका छन् ।
गाजा युद्धविरामको महत्वपूर्ण मोडबीच नेतन्याहूको अमेरिका यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ट्रम्पको पहिलो कार्यकालमा नेतन्याहू निकट सहयोगी थिए ।
जतिबेला अमेरिकी राष्ट्रपतिले आफ्नो दूतावासलाई जेरुशलेममा स्थानान्तरण गरेका थिए त्यसबेला उक्त कदमको प्यालेस्टाइनीसहित कयौँले निन्दा गरेका थिए ।