काठमाडौं । गुन्डागर्दीमा सक्रिय रहेको आरोपमा प्रहरीले सात जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सामाजिक सञ्जालमा आतंक फैलाएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार पक्राउ पर्नेमा गोपाल मोक्तान, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गनबहादुर गुरूङ छन् ।
उनीहरूले मानिसमा डर त्रास फैलाउने उद्देश्यले हातहतियार प्रदर्शन गर्ने, समूहमा बसेर भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्ने लगायतका गतिविधि गरेको आरोप छ ।
उच्छृंखल गतिविधि एवं गुण्डागर्दी गर्नेहरूको सूची नै तयार पारेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निगरानी थालेको छ ।