काठमाडौं । नेपाल बिमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदीको नाम सिफारिस भएको छ ।
प्राधिकरणको पदपूर्ति समितिको आज बुधबारको निर्णयानुसार सुवेदीको नाम कार्यकारी निर्देशकमा सिफारिस भएको हो ।
बिमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम बमोजिम सम्भाव्य उम्मेदवारहरूको कार्य सम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कूल अंकको आधारमा सबैभन्दा बढी अंक प्राप्त गरी सुवेदीको नाम सिफारिस गरिएको पदपूर्ति समितिले जनाएको छ ।
कार्यकारी निर्देशक पदका लागि तीनजनाको उमेदवारी परेको थियो । यसअघि राजुरमण पौडेल कार्यकारी निर्देशक थिए। उनी अवकास भएपछी कार्यकारी निर्देशक पद खाली रहेको थियो ।