Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

ओलीलाई टिकटक बन्द नगर्न मिस पवि र अंशु वर्माको सुझाव

ओलीलाई टिकटक बन्द नगर्न मिस पवि र अंशु वर्माको सुझाव

शुक्रवार , माघ २५, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईजना चर्चित टिकटकरले भेटेका छन् । बिहीबार साँझ टिकटकर मिस पवि र अंशु वर्माले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

उनीहरुले भेटमा प्रधानमन्त्री ओलीले टिकटक बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिए । टिकटकर पवि र अंशुसँगको तस्विरसामाजिक सञ्जाल फेसबुकमा साझा गर्दै ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसंग निकालेका छन् ।

‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो’, ओलीले लेखेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गरेको थियो भने ओलीले सत्तामा आएपछि पुनः खुला गरेका थिए । ओली बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका नेता प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077