Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

'जनयुद्ध हिंसा नै हो' भनेका थापाको एमाले नेता बस्नेतले गरे प्रशंसा

'जनयुद्ध हिंसा नै हो' भनेका थापाको एमाले नेता बस्नेतले गरे प्रशंसा

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले 'माओवादी जनयुद्ध हिंसा नै हो' भनेपछि एमालेजनहरूले उनको प्रशंसा गरेका छन् । बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल 'माओवादी जनयुद्ध हिंसा नै हो' भन्ने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिको नेकपा एमालेका नेता महेश बस्नेतले प्रशंसा गरेका हुन् । एमालेजनहरूले भने उनको प्रशंसा गरे पनि माओवादी नेता, कार्यकर्ता र समर्थकहरूले उनको तीव्र आलोचना गरिरहेका छन् ।

बादलको प्रशंसा गर्दै बस्नेतले लेखेका छन्, 'एमाले उपाध्यक्ष रामबहादुर थापाले अछाम पुगेर माओवादी जनयुद्ध हिंसा नै हो भन्नुभएछ। जुनसुकै उद्देश्यले गरिएको होस्, जुनसुकै परिवर्तन र क्रान्तिलाई त्यसले सपोर्ट गरेको होस्, जनयुद्ध भन्ने हिंसा नै हो।'

उनले थपेका छन्, 'तसर्थ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यूले भन्नुभएको हिंसा शब्दमा हाम्रो सहमति छ।'

उनले जनयुद्ध दिवस मनाउने र बिदा दिने प्रचलन संसारमा कहीँ नभएको बताएका छन्। 'त्यो हामीले पनि गर्नु हुँदैन। रामबहादुर थापाज्यूको सच्चाइप्रतिको यो बुझाइलाई हार्दिक अभिवादन।' उसो त माओवादी जनयुद्धमा सहभागी मध्येका बादल पनि एक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077