Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

बादललाई आजीवन कारावास हाल्न दीपशिखाको आग्रह

बादललाई आजीवन कारावास हाल्न दीपशिखाको आग्रह

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा 'दीपशिखा' ले नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न आग्रह गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले जनयुद्ध हिंसा नै थियो भन्ने अभिव्यक्ति दिएका थापालाई तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।

बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको माओवादी समर्थकले विरोध गरेका छन् भने एमाले सर्मकले स्वागत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, 'माओवादीका पूर्वनेता रामबहादुर थापा जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस् ।'

साथै उनले सो जनयुद्ध न्याय र परिवर्तनका लागि वर्ग संघर्ष रहेको बताए । 'किनभने उनले भनेको हिंसा उनी आफैँ पत्यक्ष संलग्न भएर गरेका हुन्। हामीले त जनयुद्ध गरेका हौँ। त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो,' उनले थप उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077