Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

विपिनको रिहाइका लागि इरानका विदेशमन्त्रीसँग आरजुको फोनवार्ता

विपिनको रिहाइका लागि इरानका विदेशमन्त्रीसँग आरजुको फोनवार्ता

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन्।

हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री राणाले अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी हुन् ।

कुराकानीमा विपिनको रिहाईको पहल गरिदिन मन्त्री राणाले समकक्षी अब्बासलाई अनुरोध गरेकी छन्।

अराघ्चीले हमासका अधिकारीसँग अब हुने वार्तामा विपिन रिहाईको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ।

इसराइल र हमासबीच माघ ६ गते ४२ दिनका लागि युद्धविराम भएको थियो। यसबीचमा १८ जना बन्धकलाई हमासले छाडिसकेको छ। हमासले इसरायलबाहेक अन्य मुलुकका बन्धकहरु पनि छाडेको छ।

युद्धविराम घोषणापछि परराष्ट्रमन्त्री राणाले मध्यस्तकर्ताको भूमिका खेलेको कतारी अधिकारीहरूसँग विपिन रिहाइबारे कुराकानी गरेकी थिइन्।

परराष्ट्रमन्त्रीमन्त्री राणाले अघिल्लो हप्ता इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेको उनको सचिवालयले बताएको छ।

त्यसअघि सराइलका विदेशमन्त्रीसँग पनि मन्त्री राणाले फोनवार्ता गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077