Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

उपप्रधानमन्त्री सिंहले भने - सार्वजनिक जग्गा जनताले उपभोग गर्न पाउनुपर्छ

उपप्रधानमन्त्री सिंहले भने - सार्वजनिक जग्गा जनताले उपभोग गर्न पाउनुपर्छ

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वजनिक जग्गा जनताले उपभोग गर्न पाउनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिका-२९ को वडा भवन उद्घाटन गर्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन्। उनले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताए ।

उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे ।

शहरी विकासमन्त्री सिंहले भने, 'संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन्, के गर्दा ठूलो कुरा हुने यहाँरु काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?'

उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे। उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे।

त्यस्तै उनले नागरिकको सरकार स्थीर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077