Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न सांसद ज्वालाको माग

गृहमन्त्री र आईजीपीमाथि छानबिन गर्न सांसद ज्वालाको माग

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।

अन्तरजातीय विवाह गरेको जोडीलाई उनीहरूले मुम्बईमा गएर पक्राउ गरी ल्याएर यातना दिन लगाएको भन्दै उनले छानबिन गरी कारबाहीको माग गरेका हुन्।

सांसद ज्वालाले भने, ‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिएको छ । तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु।’

बिहीबारको संसद् बैठकमा पनि सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे ध्यानाकर्षण गराएका थिए । आजको बैठकमा बोल्ने क्रममा सांसद ज्वालाले गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077