Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

शुक्रवार , माघ २५, २०८१

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा मधुवन नगरपालिका ७ की ५१ वर्षीया जुनाकुमारी लामिछाने रहेकी छन् ।

लामिछानेलाई घरनजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको थियो।

चितुवाले आक्रमण गरेको देखेपछि स्थानीयले होहल्ला गरेका थिए। त्यसपछि चितुवा भागेको थियो।

लामिछानेलाई स्थानीयले जिल्ला अस्पताल गुलरिया पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077