काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् ।
प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले किसानको हितका लागि पहिलो पटक कृषि ऐन ल्याउन लागेको जानकारी दिए ।
उनले कृषकलाई ऐनमा समावेश गर्नुपर्ने सुझाव दिनसमेत आग्रह गरे । कृषि ऐन बनेसँगै किसानका समस्या समाधानका लागि सहज हुने उनको भनाइ छ ।