Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

म प्रधानमन्त्री हुँदा सुशासन र समृद्धिको थालनी गरे, समाजवादी क्रान्तिको सुरुवात भयो : प्रचण्ड

म प्रधानमन्त्री हुँदा सुशासन र समृद्धिको थालनी गरे, समाजवादी क्रान्तिको सुरुवात भयो : प्रचण्ड

शुक्रवार , माघ २५, २०८१

काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताएका हुन् ।

उनले आफू १८ महिना प्रधानमन्त्री हुँदा गरेको कामले विस्तारै जनतामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077