Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

आज धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला गर्दै भीम रावल

आज धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला गर्दै भीम रावल

शनिवार , माघ २६, २०८१

धनगढी । नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आज धनगढीमा जागरण भेला गर्दैछन् ।

उनले शनिबार दिउँसो १२ बजे होटल पौवा धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्न लागेका हुन् । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उनले उपस्थितिको लागि आह्वान गरेका छन् ।

भेला सयौँ देशभक्त नागरिकहरूको सहभागिता रहने विश्वास गरिएको छ । एमालेबाट निष्कासित भएपछि डा. रावलले देशका विभिन्न जिल्ला पुगेर मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।

पूर्वका केही जिल्लाको भ्रमण गरेर हाल उनी गृहप्रदेश केन्द्रित छन् । उनले गृहजिल्ला अछाम पुगेर पनि विभिन्न कार्यक्रम गरेर फर्किसकेका छन् ।

उनले डोटी र डडेल्धुरामा पनि आफू निकट नेता कार्यकर्तालाई भेटेका थिए । हाल उनले धनगढी केन्द्रित भएर गतिविधि गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077