Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रास्वपाका जिल्ला उपसभापति जेल गएपछि बस्नेतको प्रश्न - चितवनका लालपुर्जा नौटंकीवला कता गएछन् ?

रास्वपाका जिल्ला उपसभापति जेल गएपछि बस्नेतको प्रश्न - चितवनका लालपुर्जा नौटंकीवला कता गएछन् ?

शनिवार , माघ २६, २०८१

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले रास्वपाका नेता र कार्यकर्तामा विभेद भएको टिप्पणी गरेका छन् ।

रास्वपा हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएको नेता बस्नेतले शुक्रबार राति सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछानेले २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीन जनामध्ये जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएको उनले बताए ।

उनले भने, 'रवि लामिछाने २ करोड ७९ लाख धरौटी तिरेर रिहा हुँदा दिनेश त्रिपाठीलाई कुटपिट गर्ने तीनजना मध्य उनकै पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी १ लाख तिर्न नसक्दा कारागार चलान भएछन् । नेता र कार्यकर्तामा विभेद किन ? प्रभु बैंक कता गएछ ? चितवनका लालपुर्जा नौटंकीवला कता गएछन् ?'

बिहीबार सकिएको थुनछेक बहसपछि चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो ।

प्रभु बैंक ग्यारेन्टी बसिदिएपछि उनी रिहा भएका थिए । साथै उनका समर्थक घरजग्गाको लालपुर्जा र खाली चेक बोकेर सडकमा आएका थिए । तर जिल्ला उपसभापति जरिवाना तिर्न नसक्दा जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077