Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

खानेपानी मन्त्रालयमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

खानेपानी मन्त्रालयमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

शनिवार , माघ २६, २०८१

काठमाडौं । खानेपानी मन्त्रालयमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ।

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन्।

खानेपानी मन्त्रालयका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको छ। यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको जनाइएको छ आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077