Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

वर्तमान सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा

वर्तमान सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा

शनिवार , माघ २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने बताएका छन् ।

कांग्रेसको काठमाडौं अर्घाखाँची सम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

महामन्त्री थापाले अहिलेको सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने बताए ।

यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने उनको भनाई छ ।

उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको धारणा समेत राखे ।

सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कँदा आफै संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले पटक–पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077