Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

केपी ओली कम्युनिष्ट नेता होइन, नवसामन्त हुन् : भीम रावल

केपी ओली कम्युनिष्ट नेता होइन, नवसामन्त हुन् : भीम रावल

शनिवार , माघ २६, २०८१

कैलाली । नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नेता नभएको टिप्पणी गरेका छन् ।

शनिबार धनगढीमा आयोजित कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेलामा यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री समेत रहेका ओलीलाई नवसामन्त भएको आरोप बताए ।

उनले भने, 'उहाँ यूटुव खोल्नु हुन्छ । 'केपी बा' । सबैले त्यसलाई अगाडी बढाऔँ भन्नु हुन्छ । कम्युनिष्ट पार्टीको नेता यदि सबैले मलाई 'बा' भन्नु पर्छ भन्दै यूटुव खोल्छ भने त्यो कम्युनिष्ट नेता हुन सक्दैन । त्यो नवसामन्त मात्रै हुन सक्दछ ।'

एमाले अहिले सिद्धान्तबाट च्युत भएको उनको जिकिर छ । उनले सत्ताका लागि ओलीले कम्युनिष्ट पार्टीको सिद्धान्त, नीति, कार्यक्रमलाई समाप्त गरेको दाबी गरे । ओलीले एमालेलाई बामालेमा मात्रै परिणत गरेको उनको आरोप छ ।

साथै उनले वर्तमान सरकारले पत्रकारलाई समेत लेख्न र बोल्ने अधिकारबाट वञ्चित गर्न खोजेको बताए । नेपालको अस्तित्व र स्वाधीनताका लागि एकजुट भएर अगाडी बढ्नु पर्ने दिन आउन सक्ने भन्दै सबैलाई तयार हुन उनले आग्रह गरे ।

यसैगरी हाल मातृभूमि जागरण अभियान, नेपाल नामक अभियान सञ्चालन गरेको बताउँदै उनले यो पार्टीको नाम नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077