Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सामाजिक सञ्जाल विधेयक ल्याउँदा कांग्रेससँग संवाद भएन, अब परिमार्जन गरेर पारित हुन्छ : विश्वप्रकाश शर्मा

सामाजिक सञ्जाल विधेयक ल्याउँदा कांग्रेससँग संवाद भएन, अब परिमार्जन गरेर पारित हुन्छ : विश्वप्रकाश शर्मा

शनिवार , माघ २६, २०८१

काठमाडौँ । सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद‍्मा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक परिमार्जन गरेर मात्रै पारित गरिने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सांसदसमेत रहेका कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल विधेयक संसद‍्मा ल्याउँदै गर्दा सरकारमा रहेका कांग्रेस र एमालेबीच पनि गहन छलफल नभएको बताए ।

सामाजिक सञ्जाल संसद‍्बाहिरको संसद् भएको बताउँदै शर्माले सरकार र सामाजिक सञ्जाल प्रयोगकर्ताको शैली भने बदल्न जरुरी रहेको बताए ।

साथै सरकार र सामाजिक सञ्जाल प्रयोगकर्ताको शैली परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077