काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ७७ वटै जिल्लामा इन्चार्जहरु तोकेको छ ।
आइतबार तल्लो तहमा पठाइएको परिपत्रअनुसार सबै जिल्लाका इन्चार्ज तोकिएको हो।
केन्द्रीय सदस्यलाई बेरोजगार नबनाउने योजना अनुसार जिम्मेवारी तोकेको नेताहरूले दाबी गरेका छन्।
जसअनुसार काठमाडौंमा हिमाल शर्मा इन्चार्ज हुँदा भक्तपुरमा दिलीपकुमार प्रजापति बनेका छन् ।


